मकवानपुरमा भारी वर्षा भएकाले बाढी र डुबान प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सूचना जारी गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले केही बेरअघि सूचना जारी गर्दै भनेको छ– पछिल्लो ३ घण्टामा मकवानपुरको मकवानपुरगढी र हेटौँडा वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएकाले सो क्षेत्र भई बहने कर्रा, सम्री खोला र अन्य ससाना खोलामाआकस्मिक बाढी आउनसक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेले दिउँसोसम्म सतर्कता अपनाऔँ।
हेर्नुहोस् सूचना-
पछिल्लो३घण्टामा मकवानपुरको मकवानपुर गढी र हेटौँडा वर्षामापन केन्द्रमा भारी बर्षा मापन भएकोले सो क्षेत्र भई बहने कर्रा, सम्री खोला र अन्य स-साना खोलामाआकस्मिक बाढी आउन सक्ने भएकोले तटीय क्षेत्र तथा डुवान भइरहने होचा भूभागमा रहनुहुनेले दिउँसो सम्म सतर्कता अपनाऔँ pic.twitter.com/yBXxUkR8U3— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 13, 2023साउन २८, बिहान ९:०५
66
Shares
प्रतिक्रिया