ad ad

बागमती


मकवानपुरमा मध्यराति हात्तीले आक्रमण गर्दा महिला गम्भीर घाइते

मकवानपुरमा मध्यराति हात्तीले आक्रमण गर्दा महिला गम्भीर घाइते

फाइल तस्बिर


नेपालखबर
पुस ८, २०८० आइतबार ८:४२, मकवानपुर

मकवानपुरको मनहरि गाउँपालिका–७ बिजौनामा गएराति जंगली हात्तीको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्।

हात्तीको आक्रमणबाट ५१ वर्षीया कान्छीमाया तामाङ गम्भीर घाइते भएकी हुन्।

गएराति पौने १२ बजेतिर घरबाट बाहिर निस्किँदा जंगली हात्तीले आक्रमण गरको हो। 

हात्तीको आक्रमणबाट ढाडमा चोट लागी बेहोस भएकी कान्छीमायालाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पठाइएको छ।

हात्तीलाई घटनास्थलबाट स्थानीय, पर्सा राष्ट्रिय निकुन्ज सुरक्षा पोस्ट, सशस्त्र प्रहरी बल नेपाल पोस्ट कत्ले खोलाको टोली र इलाका प्रहरी कार्यालय मनहरिको टोलीले जंगलतर्फ लखेटेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

रातको समयमा घटना भएकाले हात्तीले अन्य के कति भौतिक क्षति गरेको भन्ने एकिन नभएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .