ad ad

बागमती


काठमाडौँ उपत्यकाको तापक्रम उक्लियो, आज मौसम खुल्ने

काठमाडौँ उपत्यकाको तापक्रम उक्लियो, आज मौसम खुल्ने

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
माघ ९, २०८० मंगलबार ७:१५, काठमाडौँ

आज (मंगलबार) काठमाडौँ उपत्यकाको मौसम हिजो (सोमबार) भन्दा केही उक्लिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.० डिग्री सेल्सियस देखिएको हो। त्यसो त अहिले बिहान ८:४५ बजे पुनः मापन गरिनेछ। त्यतिबेला न्यूनतम तापक्रम केही घट्ने सम्भावना हुन्छ। 

सोमबार भने काठमाडौँ उपत्यकाको तापक्रम ३.२ डिग्री सेल्सियस थियो। 

आज उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसबीच रहने अनुमान रहेको मौसमविद् झाले बताए। सोमबार यहाँको अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस थियो। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।  

मौसमविद् झाका अनुसार आज काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा रहने सम्भावना छ। ‘अलि अलि बदली त भइहाल्छ’, उनले भने, ‘मुख्ततया सफा भनेको काठमाडौँ उपत्यकाको मौसम आज राम्रो रहन्छ, खुल्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .