काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन्।
मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले मेयर शाह मतदानमा सहभागी हुन नभ्याउने बताए।
‘कार्य-व्यस्तताका कारण उहाँ (बालेन्द्र ) मतदानमा जान नभ्याउने हुनुभएको हो’, उनले भने।
यसअघि मंसिर ४ गते भएको प्रदेशसभा चुनावमा पनि बालेन्द्रले मतदान गरेका थिएनन्।
राष्ट्रिय सभाका १९ सदस्य चुन्न आज सातै प्रदेशमा मतदान भइरहेको छ।
यसअन्तर्गत बागमती प्रदेशका ४ सिटका लागि हेटाैँडामा मतदान भइरहेको छ।
मेयर शाह बागमतीका मतदाता हुन्।
उपमेयर सुनिता डंगोल भने मतदानका लागि हेटौँडा पुगेकी छन्।
279
Shares
प्रतिक्रिया