राष्ट्रियसभा निर्वाचन अन्तर्गतको मतदान सकिएको छ। बिहान ९ बजेबाट सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजे सिकएको हो।
बागमतीमा ३४२ मत खसेको छ। ५ जना मतादाता भने मतदान प्रक्रियामा सहभागी भएनन्। प्रदेश सभा तर्फ हाम्रो नेपाली पार्टी (हानेपा) का दुई सांसद शैलेन्द्रराज बज्रचार्य र समता खड्की मतादानमा सहभागी भएनन्।
यस्तै स्थानीय तहतर्फ ३ मतदाता मतदान प्रक्रियामा सहभागी भएनन्। काठमाडौंका मेयर बालेन्द्र शाह, नुवाकोटाको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ र काभ्रेको चौरी देउराली गाउँपालिकाको उपाध्यक्ष शेरबहादुर लामा मतदान प्रक्रियामा सहभागी नभएका हुन्।
बागमती प्रदेश सभातर्फ १०८ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २३४ जनाले मतदान गरेका छन्।
बागमतीमा ४ जना राष्ट्रिय सभा सदस्यका ६ राजनीतिक दलबाट १५ जना उम्मेदवार मैदानमा उत्रिएका छन्।
मतगणना अब केहीबेरमा सुरु हुने निर्वाचन अधिकृत श्री प्रसाद सञ्जेलले जानकारी दिए।
उनका अनुसार सर्वदलीय बैठक बसेपछि मतगणना सुरु हुनेछ।
Shares
प्रतिक्रिया