ad ad

बागमती


मेयर बालेनविरुद्ध कुटपिट र लुटपाटको मुद्दा

मेयर बालेनविरुद्ध कुटपिट र लुटपाटको मुद्दा

फाइल तस्बिर : मेयर बालेन्द्र शाह ‘बालेन’


नेपालखबर
जेठ ४, २०८१ शुक्रबार ९:२८, काठमाडौँ

मेयर बालेन्द्र शाह ‘बालेन’ र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित काठमाडौँ महानगरपालिकाका ३ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

मेयर शाह, नगर प्रहरी प्रमुख पाण्डे र महानगर प्रहरीका एसपी मनोज लामिछानेविरुद्ध कुटपिट र लुटपाटको अभियोगमा बिहीबार जिल्ला अदालतमा काठमाडौँमा मुद्दा दायर गरिएको हो। 

अदालतका अनुसार प्राणमञ्च डटकमका प्रधान सम्पादक पदमप्रसाद पोखरेलले आफूलाई कुटपिट र लुटपाट गरिएको दाबी गर्दै उनीहरूविरुद्ध अदालतमा मुद्दा दर्ता गराएका हुन्। 

‘मुद्दा दर्ता भएको छ, अब उहाँहरूविरुद्ध म्याद पठाउने तयारी भइरहेको छ’, अदालत स्रोतले शुक्रबार बिहान नेपालखबरसँग भन्यो। 

उनीहरूविरुद्ध कुटपिट अभियोगमा मुलुकी अपराध संहिताको दफा १९१ को (३) बमोजिम ३ वर्ष कैद र ३० हजार जरिवाना तथा लुटपाट अभियोगमा दफा २८६ (३) बमोजिम सामान र बिगो गरेर ३ लाख ४४ हजार ११७ रुपैयाँ भराउन माग गरिएको छ। 

गत फागुन १६ गते सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको थियो। सो क्रममा आफूलाई कुटपिट गरिएको र क्यामेरालगायत सञ्चार उपकरण फुटाइदिएको आरोप प्रधान सम्पादक पोखरेलले अदालतमा दिएको निवेदनमा उल्लेख गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .