ad ad

बागमती


बागमतीका मुख्यमन्त्री लामासँग कांग्रेसकै सांसद असन्तुष्ट

बागमतीका मुख्यमन्त्री लामासँग कांग्रेसकै सांसद असन्तुष्ट

नेपालखबर
असोज ७, २०८१ सोमबार १७:१४, मकवानपुर (हेटौंडा)

प्रदेश सभा बैठकमै कांग्रेसकै सांसदले आफ्नो दलले नेतृत्व गरेको सरकारकै विषयमा रोष्ट्रमबाटै असन्तुष्टि जनाएका छन्। सोमबार बसेको प्रदेश सभा बैठकको बिशेष समयमा आफ्नो धारणा राख्दै नेपाली कांग्रेसका सांसद प्रभात तामाङले सरकारमा बस्दा एउटा कुरा प्रतिपक्षमा बस्दा अर्को कुरा गर्ने बानी हटाउन पर्ने मुख्यमन्त्री बहादुर सिंह लामालाई सुझाव दिए। 

‘माओवादीको नेतृत्वमा बागमती सरकार बनिरहँदा बजेट सन्तुलन भएन भनेर हिजो कांग्रेसका हामीहरुले नै प्रतिवाद गरेका होइनौं र,’ सांसद तामाङले भने, ‘हिजो अरुलाई बजेटको सन्तुलन मिलेन भन्ने कांग्रेसले आज मन्त्रीपरिषद् नै सन्तुलित बनाउन सकेको छैन। कांग्रेस पार्टी सरकारमा हुँदा पनि उस्तै बोल्छ, प्रतिपक्षमा हुँदा पनि बोल्ने एउटै हो। मेरो प्रश्न सरकारलाई छ, के बागमतीमा सरकार गठन सुन्तुलित भएको छ?’ 

उनले थपे, ‘बागमतीमा सरकारमा हाल काठमाडौँ उपत्यकाको मात्रै ६५ प्रतिशत मन्त्री हुनुहुन्छ। बाँकी १० जिल्लाको ३५ प्रतिशत मात्रै प्रतिनिधित्व छ। काठमाडौँ उपत्यका मात्रै बागमती प्रदेश होइन होला निरु यो प्रश्न मेरो पार्टीको सरकारलाई हो।’ 

यस्तै, सांसद तामाङले सरकारी कार्यालयहरुमा भष्ट्राचारको खेति मौलाएको भन्दै प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको समेत ध्यानकर्षण गराए। आफ्नो सवारी पास गर्दा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका हाकिमले विभिन्न बहाना बनाएर रकम लिन खोजेको सांसद तामाङले बताएका हुन्। 

तामाङ गत साउन ९ मा मन्त्री नियुक्त भएर पनि शपथ खान नपाएका कांग्रेसका सांसद हुन्। रसुवाको निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित सांसद तामाङलाई मुख्यमन्त्री लामाले अर्थमन्त्रीमा नियुक्त गरेको फाइल प्रदेश प्रमुख कार्यालयमा पुगेको थियो। तर कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण दोस्रो पटक उनको नाम काटिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .