ad ad

बागमती


काठमाडौँ उपत्यकामा भीषण वर्षा, हेर्नुहोस् २४ घण्टाको विवरण

काठमाडौँ उपत्यकामा भीषण वर्षा, हेर्नुहोस् २४ घण्टाको विवरण

काठमाडौँमा शुक्रबार जारी वर्षा। तस्बिर : सरोज बैजु


नेपालखबर
असोज ११, २०८१ शुक्रबार १४:२, काठमाडौँ

देशभरसँगै काठमाडौँ उपत्यकामा पनि भीषण वर्षा भएको छ। यो खबर लेख्दासम्म उपत्यकामा झरी जारी छ। 

विगत २४ घण्टामा काठमाडौँ उपत्यकाका धेरै ठाउँमा भारीदेखि धेरै भारी वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाको आज दिउँसो १:४४ बजेसम्मको अपडेटअनुसार ललितपुरको लेलेमा धेरै भारी वर्षा (१०० मिलिमिटरभन्दा माथि) भएको छ भने अन्य १० स्थानमा भारी वर्षा (५० मिलिमिटरभन्दा माथि) भएको छ। 

हेर्नुहोस् सूची-

-काठमाडौँको धापड्याममा ६२.४ मिलिमिटर

-काठमाडौँको बूढानीलकण्ठमा ५६.६ मिलिमिटर

-काठमाडौँको पानीपोखरीमा ५२.८ मिलिमिटर

-काठमाडौँको कपनमा ५५ मिलिमिटर

-काठमाडौँको कीर्तिपुरमा ८०.२ मिलिमिटर

-काठमाडौँको बबरमहलमा ६०.६ मिलिमिटर

-काठमाडौँको विमानस्थलमा ५७.६ मिलिमिटर

-ललितपुरको खुमलटारमा ७१.२ मिलिमिटर

-ललितपुरको टीकाथलीमा ५२.४ मिलिमिटर

-ललितपुरको लेलेमा १०३.३ मिलिमिटर

-ललितपुरकै गोदावरीमा ७७.४ मिलिमिटर (स्रोत : मौसम पूर्वानुमान महाशाखा)

मौसमविद्का अनुसार २४ घण्टामा १०० मिलिमिटरभन्दा माथि वर्षा हुनुलाई धेरै भारी वर्षा भनिन्छ भने ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार देशभरसँगै काठमाडौँ उपत्यकामा पनि बिहीबार साँझदेखि नै लगातार पानी परिरहेको छ। 

‘बीचबीचमा कम बेसी भयाे होला तर झरी जारी छ’, उनले नेपालखबरसँग भने, ‘यो क्रम भोलि दिउँसोसम्म जारी रहने देखिन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .