ad ad

बागमती


कुलेखानी ड्याम भरियो, दुवै ढोका खोल्ने तयारी

कुलेखानी ड्याम भरियो, दुवै ढोका खोल्ने तयारी

सुनिता विष्ट
असोज ११, २०८१ शुक्रबार १७:५३, मकवानपुर (हेटौंडा)

मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी ड्याम भरिन सक्ने भन्दै सुरक्षा अपनाउन स्थानीयहरूलाई अनुरोध गरिएको छ। बिहीबारदेखि परेको वर्षाका कारण कुलेखानी तालमा पानीको सतह बढेको भन्दै सुरक्षित रहन अनुरोध गरिएको हो।

ड्याममा पानी भरिने अवस्थामा पुगेको र ड्यामको बाँधको सुरक्षाका लागि मुख्य ड्यामका ढोकाहरू खोल्नपर्ने भएकोले नदी तटिय क्षेत्रमा खोलाको बहाव बढ्न सक्ने भन्दै सुरक्षित रहन नेपाल विद्युत प्राधिकरण, कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिए। 

ड्यामको ढोका खोल्दा हुन सक्ने जोखिमबाट बच्न प्रभावित क्षेत्रका नागरिकहरुमा अनुरोध गरिएको भट्टले बताए। उनका अनुसार कुलेखानीमा अहिले पानीको सतह १५२६.९ मिटर छ।

कुल १५३० मिटर क्षमता भएको कुलखानी दिनभरको वर्षापछि अहिले प्रति २ मिनेटमा ३ सेन्टिमिटर बढिरहेको छ। कुलेखानी ताल भरिन १।५ मिटर बाँकी रहेको कारण रातभरको बर्षाले भरिनसक्ने अनुमान गरिएको केन्द्र प्रमुख भट्टको भनाइ छ। 

‘कुलेखानी ड्याममा दुईवटा ढोका छन्,’ भट्टले नेपालखबरसँग भने, ‘यहाँ प्रति घण्टा ३७.२ सेन्टिमिटरको दरमा सहत बढिरहेको अवस्था छ। यही अवस्था हो भने ७÷८ घण्टामा ड्याम भरिन्छ। ड्यामको सुरक्षाको लागि पनि दुवै ढोका खोल्नुपर्ने हुन्छ।’

केन्द्र प्रमुख भट्टका अनुसार उक्त ढोका खोलिएपछि इन्द्रसरोवरको कुलेखानी–सिस्नेरी हुँदै बागमती नदिमा मिसिन पुग्छ।

जसका कारण नदी तटीय क्षेत्रका स्थानीयलाई समयमै सचेत गराउनका लागि सूचना जारी गरिएको भट्टले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .