ad ad

बागमती


झ्याप्लेखोला पहिरोमा थप ३ शव भेटिए, सम्पर्कविहीन बसका यात्रु हुनसक्ने आशंका

झ्याप्लेखोला पहिरोमा थप ३ शव भेटिए, सम्पर्कविहीन बसका यात्रु हुनसक्ने आशंका

घटनास्थल


नेपालखबर
असोज १३, २०८१ आइतबार ९:३२, काठमाडौँ

धादिङको झ्याप्ले खोलामा आज (आइतबार) बिहान थप ३ शव फेला परेको छ। घटनास्थलमा सुरक्षाकर्मीले शव निकाल्ने प्रयास गरिरहेका छन्। 

ती तीन जना गोरखाबाट आएको बसका यात्रु हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

यसैबीच असोज ११ गते बिहान गोरखाको लापुबेँसीबाट काठमाडौँका लागि प्रस्थान गरेको ना ४ ख २२७० न को बस राति १० बजेदेखि सम्पर्कविहीन भएको छ। 

११ गते राति १० बजे खानिखोलासम्म सम्पर्क भएको त्यसपछि कोही कसैसँग सम्पर्क नभएको कम्पनीले जनाएको छ। 

तर आजसम्म पनि केही पत्ता नलागेकाले खोजीका लागि सम्बन्धित सबैमा दरौदी यतायात प्रालिले जनाएको छ। 

यसैबीच धादिङको झ्याप्लेखोलामा पुरिएका २ वटा बस निकाल्ने क्रममा अर्को बस फेला परेको छ। त्यो त्यही गोरखाबाट आएको बस हुनसक्ने अनुमान गरिएको छ। तर पुष्टि गर्न बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .