टाटा मोटर्सले भारतीय बजारलाई लक्षित गरी प्रिमियम ह्याचब्याक कार अल्ट्रोज लन्च गरेको छ।
बीएस ६ कम्प्लायट पेट्रोल र डिजेल इन्जिनको रहेको अल्ट्रोज सुरक्षामा फाइभ स्टार पाएको थियो ।
अल्ट्रोजले एनक्यापको क्रयास टेस्टमा ‘फाइभ स्टार’ रेटिङ पाएको गाडीको मूल्य ५ लाख २९ हजार देखि ९ लाख २९ हजार भारतीय रुपैयाँ भएको कम्पनीले जनाएको छ।
यसमा पेट्रोल इन्जिन १.२ लिटरको छ। जसमा ११९९ सीसीको इन्जिन जडान छ, जसले ८५ बीएचपीको पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ।
डिजेल भर्सनमा १.५ लिटरको टर्बो इन्जिन जडान गरिएको छ। यसमा १४९७ सीसीको इन्जिन जडान गरिएको छ। जसले ८९ बीएचपीको पावर र २०० एनएमको पिक टर्क जेनेरेट गर्छ।
कारमा एन्ड्रोइड अटो र एप्पल कारप्लेका साथै ७ इन्चको फ्रि–स्ट्यान्डिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ।
प्रतिक्रिया