आईएचएसबाट प्रमाणित विश्वको दोस्रो ठूलो टिभी ब्राण्ड टीसीएलले सम्पूर्ण एसीका ग्राहकहरुलाई लक्षित गरी निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ।
यस योजनाअन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको एसीमा निःशुल्क ए.सी. सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा उक्त पुरानो एसीमा उचित मूल्याङकनका साथ टीसीएलको उच्च गुणस्तरीय एसीसँग साट्न सक्नेछन् ।
यो सुविधा र सर्भिस लिनको लागि ग्राहकहरुले फोन नं. ९८०३६२१९२४, ९८६४४७५५६९ मा अथवा इमेलमार्फत आफ्नो जानकारी रजिस्टर गराउनुपर्ने कम्पनीले जनाएको छ। यो सुविधा ग्राहकहरुले घरमै बसि बसि लिन सक्नेछ।
यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले ए.सी.को रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ टिसिएल ए.सी. खरिद गर्दा २९ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेछ ।
नेपाल अधिराज्यभर टीसीएल ब्राण्डको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्स रहेको छ। सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।
कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टंगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।
Shares
प्रतिक्रिया