बानेश्वरस्थित नोबेल एकाडेमीमा शिक्षकले छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै विरोध प्रदर्शन भइरहेको छ।
बानेश्वर प्रहरी वृत्तका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार एकाडेमीका छात्रा विरोधमा उत्रिएपछि घटनाको अनुसन्धान थालिएको छ।
शिक्षकबाट यौन दुर्व्यवहार भएको भन्दै कक्षा १२ का विद्यार्थीले विद्यालयमा विरोध प्रदर्शन गरेका हुन्।
‘अहिले हामी पीडित छात्रासँग जानकारी लिइरहेका छौं’, डीएसपी श्रीवास्तवले भने, ‘घटनाबारे अनुसन्धान हुँदै छ।’
घटना अनुसन्धानकै क्रममा रहेकाले उनले आरोपितको नाम खुलाउन चाहेनन्।
438
Shares
प्रतिक्रिया