जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दाका आठ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला अदालत रौतहटको फैसला कार्यान्वयन गर्ने अभियानअन्तर्गत अदालतबाट कैद तथा जरिवाना सुनाइएका तर फरार रहेका आठजना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई अदालतसमक्ष पेस गरी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।
सवारी ज्यान, लागुऔषध, अंगभंग हुनेगरी कुटपिटलगायत मुद्दाका दोषी प्रतिवादीलाई यही पुस २० र २१ गते रौतहटकै विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा राजदेवी नगरपालिका–२ का ४० वर्षीय उदयप्रकाश महतो, राजपुर–२ कै ६० वर्षीय धनइ साह तेली, राजपुर–१ पिप्रा भगवानपुरका ४२ वर्षीय लालबाबु राय यादव, सोही ठाउँका ६० वर्षीय रामजी साह सोनार, ४८ वर्षीय रामबाबु राय यादव, ७० वर्षीय असर्फी ठाकुर लोहार, ५१ वर्षीय शेख वसी अखतर, ६० वर्षीय सफादत हजाम र ७५ वर्षीय शेख सहिद छन्।
पक्राउ परेका आठैजनालाई बिहीबार अदालतसमक्ष पेस गरी कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।
Shares
प्रतिक्रिया