भोजपुरको टक्सार बजारमा दुई टोलका युवाहरुबीच खुकुरी हानाहान भएको छ।
कृष्णजन्माष्टमी मेला भर्न पुगेका भोजपुर नगरपालिका- ६ देउराली र उक्त नगरपालिका-१२ कोटडाँडाका युवाहरुबीच खुकुरी हानाहान भएको हो।
खुकुरी हानाहानका क्रममा भोजपुर नगरपालिका–९ का २६ वर्षीय अमुल राई र त्यही ठाउँका २८ वर्षीय अनिल राई घाइते भएका छन्।
उनीहरुलाई खुकुरीको टुप्पोले ढाडमा लागेको थियो। दुवैको जिल्ला अस्पताल भोजपुरमा उपचार गरिएको छ।
प्रहरीका अनुसार देउराली र टक्सारका युवाहरुबीच सामाजिक सञ्जालमा भनाभन भएको खुलेको छ।
त्यसपछि कृष्णजन्माष्ठमी मेलामा ग्याङ फाइट भएको हो। प्रहरीले दुवैतर्फ ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बुले घटनाबारे थप अनुसन्धान भइरहेको पनि बताएका छन्।
114
Shares
प्रतिक्रिया