ad ad

अपराध


धनुषानजिक नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी महिलाको हत्या

धनुषानजिक नेपाल–भारत सीमा क्षेत्रमा गोली हानी महिलाको हत्या

नेपालखबर
साउन ७, २०८० आइतबार ८:३४, काठमाडौँ

नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ स्थित दशगजा पारी अर्थात् भारततर्फ गोली हानी महिलाको हत्या गरिएको छ। 

धनुषा जिल्ला प्रहरी कार्यालयका डीएसपी वेदप्रसाद गौतमका अनुसार अज्ञात समूहले अन्दाजी २५/२६ वर्षकी महिलालाई गोली हानेर मारेको हो। 

‘(शनिबार) राति ८ बजेर २० मिनेटमा हामीलाई खबर आएको थियो, घटना भारततर्फ भएको हो, महिलाको पहिचान खुलिसकेको छैन’, डीएसपी गौतमले आइतबार बिहान नेपालखबरसँग भने, ‘शव पोस्टमार्टमका लागि भारतीय प्रहरीले लगेका छन्, हामीले पनि सहयोग गर्‍यौँ।’

उनका अनुसार गोली हान्ने व्यक्तिहरू पनि भारततर्फ नै भागेका छन्। महिलाको पहिचान नखुलेकाले उनी भारतीय नै हुन् वा नेपाली थाहा हुन सकेको छैन।

‘घटनाबारे अनुसन्धान भइरहेको छ’, डीएसपी गौतमले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .