अष्ट्रेलियामा अर्की एक नेपाली महिला आफ्नै कोठामा मृत फेला परेकी छिन्।
न्यु साउथ वेल्समा नेपाली विद्यार्थी मृत फेला परेको एक साता नबित्दै वेस्टर्न अष्ट्रेलियाको पर्थमा अर्की महिला मृत फेला परेकी हुन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) वेस्टर्न अष्ट्रेलियाले दिएको जानकारीअनुसार ६ वर्षदेखि अष्ट्रेलियामा रहँदै आएकी प्रभा पाण्डे पौडेल गत बिहीबार आफ्नै घरमा मृत भेटिएकी हुन्।
बुटवल स्थायी घर भएकी प्रभा ६ वर्षदेखि आफ्ना श्रीमानसँगै बस्दै आएकी थिइन्। दुई महिनाअघि मात्र प्रभाले आफ्नो ६ साताको बच्चा पनि गुमाएकी थिइन्।
अहिले स्थानीय प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
879
Shares
प्रतिक्रिया