ad ad

Draft


प्रदेश २ का जिल्लाहरुमा नेकपा प्रचण्ड-नेपाल समूहको कार्यकर्ता भेला सकियो

प्रदेश २ का जिल्लाहरुमा नेकपा प्रचण्ड-नेपाल समूहको कार्यकर्ता भेला सकियो

नेपालखबर
पुस १२, २०७७ आइतबार १४:२२,

प्रदेश २ का जिल्लाहरुमा संसद विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षको जिल्ला भेला सम्पन्न भएको छ। जनकपुर स्थित नेकपाको प्रदेश पार्टी कार्यालयमा जिल्ला इन्चार्ज श्रवण यादव बरबरियाको अध्यक्षता तथा स्थायी कमिटी सदस्य गणेश साहको प्रमुख आतिथ्यमा भेला भएको थियो।

भेलामा केन्द्रीय सदस्यहरु रामचन्द्र झा, सत्रुधन महतो, श्रीप्रसाद साह, हरिवंश झा, रत्नेश्वरलाल गोइत, जिल्ला कमिटी उपाध्यक्ष रामचन्द्र पण्डित, जिल्ला सचिव दीपक यादव लगायत झण्डै एकहजारको सहभागिता रहेको थियो।

यस्तै पार्टीको सर्कुलर अनुसार संसद विघटनविरुद्ध महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा पनि जिल्ला कार्यकर्ता भेला सम्पन्न भएको प्रदेश सांसद तथा नेकपाका केन्द्रीय सदस्य सत्रुधन महतोले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .