ad ad

कारोबार


‘नेपालको पहिचान घरेलु तथा साना उद्योगको प्रवर्द्धनले जोगाउँछ’

‘नेपालको पहिचान घरेलु तथा साना उद्योगको प्रवर्द्धनले जोगाउँछ’

नेपालखबर
कात्तिक ६, २०७६ बुधबार ११:३३,

घरेलु तथा साना उद्योगको प्रवर्द्धन तथा निर्यातले नेपालको पहिचान जोगाउने सरोकारवाला उद्योगी तथा व्यवसायीले बताएका छन्। नेपाल घरेलु तथा साना उघोग महासंघद्वारा राजधानीमा आज आयोजित अन्तर्क्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन्।

कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले पछिल्लो समय बढ्दो लागत र दोहोरो करबारे उद्योगीहरुको झेल्नुपरेको समस्यालाई सामाधन गर्न वाणिज्य मन्त्रालय तयार रहेको बताए। उनले तीन तहमा कतै पनि दोहोरो करमा व्यवसायी परेमा ठोस प्रमाणसहित देखाइदिएमा समाधान गर्न सहज हुने बताए।

त्यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीले नेपालको मौलिक संस्कृति परम्परा र पहिचान बोकेका उत्पादन अन्तर्राष्ट्रिय मुलुकमा निर्यात गर्ने भएकाले यो क्षेत्रको विशेष महत्व रहेको बताए। उनले साना तथा घरेलु उद्योगहरुमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी कामदार सुरक्षित हुने बताए। सामाजिक सुरक्षाकोषमा केही व्यावहारिक समस्या देखिए व्यवसायीसँग छलफल गरी टुङ्ग्याउने बताए।

महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले अबका दिनमा देशको विकास गर्ने माध्यम भनेको लघु, घरेलु तथा साना उद्योग भएको बताउँदै उत्पादन, रोजगारी र कुल गार्हस्थ्य उत्पादनमा योगदानको हिसाबले यस्ता उद्योगको भूमिका उच्च भएको उनको भनाइ थियो। साना उद्योगको प्रवर्द्धन र विकास विना मुलुकको आर्थिक समृद्धि सम्भव नहुने उनले बताए।

उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले औद्योगिक विकास गर्नका लागि मुख्य आधार नै साना उद्योग भएको भन्दै गाउँघरका स्थानीय कच्चा पदार्थको प्रयोग हुने रैथाने कुटीर उद्योगकोे विकासबाट मात्र औद्योगिक विकास सम्भव भएको बताए।

विभागले यस्तै उद्योगको प्रवर्द्धनमा काम गर्दै आएको जानकारी दिंदै यो क्षेत्रमा देखिएका समस्या र सम्भावनाका विषयमा मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .