दुईथरि बर्गर। एउटा चेद्दार चीजसँग मिसाइएको राँगाको मासुसहितको। अर्को, क्रिस्पी अनियन रिङ, लेटस पत्ता र भाइन–रिपेन्ड टमाटर भएको।
त्यसलाई साथ दिने ‘हार्ड रक’को मौलिक पहिचान बनेको ‘स्टेक’ सस। मेनुमा ग्रिल्ड, ताजा, इच्छाइएको चिकन वा पोलेको मकैको साथमा क्यालिफोर्निया स्टाइलको क्लब–चिकेन, कालो सिमी र आयातित चेद्दार चीजको साथमा सलाद।
यतिमात्र होइन, स्यान्डविच, पोलेको मासु तथा भुटेको तारेका कुखुराको मासु। मेनुको अर्को आकर्षण डेनमार्कबाट झिकाइने बंगुरको परिकार।
चाखिहालूँ लाग्ने यी परिकार अब दरबारमार्गमा खुल्न लागेको ‘हार्ड रक क्याफे’मा पाइने भएको छ।
काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलमा ‘हार्ड रक क्याफे’ खुल्ने भएको हो।
सांगीतिक क्षेत्रका केही प्रख्यात कलाकारहरुको निजी वस्त्र तथा सांगीतिक उपकरणहरुको संग्रह साथै क्याफेले अमेरिकाको प्रसिद्ध मेनु, कक्टेल्सका साथमा आफ्नो नयाँ सहरप्रति प्रस्तुति पनि पेश गर्ने बताएको छ ।
भव्य मलको पहिलो र माथिल्लो तल्लामा सञ्चालनमा आउने यस रेष्टुरेन्टले भित्री भागका साथसाथै ग्राहकहरुका लागि बाहिरी छत पनि समेटेको छ । जहाँ बसेर दरबारमार्गको सुन्दर दृश्य अवलोकन गर्दै स्वादिष्ट परिकारहरुको आनन्द लिन सकिने सञ्चालक ‘हार्ड रक इन्टरनेशनल’ले जनाएको छ ।
रेष्टुरेन्टको क्याफेको मेनुको सबैभन्दा मुख्य आकर्षण बर्गर रहनेछ । यी बर्गरहरुमा चेद्दार चीजसँग मिसाइएको राँगाको मासुसहित, क्रिस्पी अनियन रिङ, लेटस पत्ता र भाइन–रिपेण्ड टमाटर भएको प्रख्यात बर्गर समेत उपलब्ध हुनेछ। जसलाई ‘हार्ड रक’को मौलिक पहिचान बनेको ‘स्टेक’ ससका साथ उपलब्ध गराइनेछ।
यसैगरी मेनुमा ग्रिल्ड, ताजा, इच्छाइएको चिकन वा पोलेको मकैको साथमा क्यालिफोर्निया स्टाइलको क्लब–चिकेन, कालो सिमी र आयातित चेद्दार चीजको साथमा सलाद रहनेछ ।
साथै स्यान्डविच, पोलेको मासु तथा भुटेको तारेका कुखुराको मासु समेत पाइनेछ । मेनुमा संलग्न परिकारहरुमध्ये एक आकर्षण बंगुरको परिकार हुनेछ जुन खास गरेर डेनमार्कबाट झिकाइने बताइएको छ ।
त्यस्तै क्याफेमा सन् १९४० को हर्रिकेन–ह्वाइट रमको नयाँ ओर्लन्स क्लासिक मिश्रण, सुन्तला, आँप, भुइँकटहरको जुस तथा चक्काको ब्लेण्ड जसलाई फ्लोट डार्क रम र अमारेट्टोका साथ तयार पारिएको हुन्छ, त्यो लगायत बुजी मिल्कसेकहरु र मौलिक कक्टेलहरुसहितका उत्कृष्ट बियर र वाइनहरुको समेत पाइनेछ ।
क्याफेमा हाल एक सय जना कामदारहरु रहनेछन् ।
क्याफेलाई आवश्यक धेरैजसो खाद्य वस्तुहरु साना, स्थानीय उत्पादकहरुमार्फत आपूर्ति गरिने सञ्चालकहरुको भनाइ छ । आर्थिक अवस्था खस्किरहेको वर्तमान समयमा क्याफेले स्थानीय समुदायमा ठूलो धनराशी लगानी गर्नलागेको हो।
सन् २०२१ भित्रमा नै क्याफे काठमाडौं सञ्चालनमा ल्याउनु ठूलो चुनौती भए पनि सुन्दर, मनोरम नगरी काठमाडौंमा यसप्रकारको प्रख्यात क्याफे सञ्चालन गरिएको घोषणा गर्न पाउँदा गौरवको महसुस गरेको हार्ड रक इन्टरनेशनलका फ्रेन्चाइज अपरेसन्सका उपाध्यक्ष एनिबल फर्नान्डेजले बताए ।
काठमाडौं नेपालका प्रशंसकहरुलाई ‘सुरक्षित र शान्त वातावरण’मा स्वागत गर्न आतुर रहेको सञ्चालकहरुको भनाइ छ ।
Shares
प्रतिक्रिया