ad ad

कारोबार


स्थापनाको १३ औं वर्षमा कामना सेवा आफ्नै भवनमा

स्थापनाको १३ औं वर्षमा कामना सेवा आफ्नै भवनमा

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार १३:४९,

कामना सेवा विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय भवन निर्माण गरेकाे छ। नवनिर्मित भवनको बुधबार एक कार्यक्रमबीच अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरे।

स्थापनाको १३औं वार्षिकोत्सवका अवसरमा कामनाको मुख्यालय भवन उद्घाटन गरिएको हो। त्यस क्रममा अर्थमन्त्री खतिवडाले ‘सफ्ट ओपनिङ’ मार्फत कामनाका बैंकिङ कारोबार सञ्चालन भइरहेका ५० शाखा कार्यालय भवनको समेते विद्युतीय माध्यमद्वारा एकैसाथ औपचारिक रुपमा उद्घाटन गरे।

कार्यक्रममा बैंकका कार्यकारी अध्यक्ष सुदीप आचार्यले सुरुआती चरणमा ४० मात्र शाखा कार्यालय रहेको बैंकले दुई वर्षको अवधिमा केन्द्रीय कार्यालय स्थानान्तरणका साथै ६३ वटा नयाँ शाखा कार्यालय थप गरिएको जानकारी दिए। आचार्यका अनुसार हाल कामनाले कूल १ सय ३ वटा शाखामार्फत बैंकिङ कारोबार गर्दै आएको जानकारी दिए। तत्कालीन कामना विकास बैंक र सेवा विकास बैंकबीच मर्जर भएर २०७४ साउन २० गतेदेखि एकीकृत कारोबार सुरु भएको थियो।

बैंकका संस्थापक सदस्य कृष्ण आचार्यले मुलुकको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको भन्दै त्यसमा बैंक तथा बित्तीय संस्थाहरुको पनि महत्वपूर्ण भूमिका हुने स्पष्ट गरे। कामना सेवाले मुलुककै अर्थतन्त्रमा योगदान दिने गरी काम गरिरहेको उनले बताए। आगामी दिनमा बैंकले आफ्नो गतिलाई बढाउने समेत प्रतिबद्धता जनाए। सरकार र राष्ट्र बैंकको नीतिलाई केन्द्रमा राखेर बैंकले काम गरिरहेको उनको भनाइ थियो।

वार्षिकोत्सवका अवसरमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंसहित विभिन्न स्थानमा रक्तदान, फुटबल प्रतियोगिता, असक्त तथा वृद्धवृद्धाको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया, सरसफाई जस्ता कार्यक्रम आयोजना गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .