ad ad

कारोबार


बिजबजारले ल्यायो छुटसहितको ‘२० मा बिज’ अभियान

बिजबजारले ल्यायो छुटसहितको ‘२० मा बिज’ अभियान

नेपालखबर
साउन १९, २०७९ बिहिबार १८:२९, काठमाडौँ

बिजबजारले ‘२० मा बिज’ अभियान ल्याएको छ। कम्पनीले भारी छुटसहितको अभियान सुरु गरेको बताएको छ। 

बिजबजार इकमर्स प्लेटफर्म हो। यो अभियानअनुसार हरेक महिना २० गते ‘२० मा बिज’ क्याम्पेन हुन्छ। यसअनुसार साउनमा यही १९ गते राति १२ बजेदेखि २२ गतेसम्म लाइभ हुने जनाएको छ। 

यसअनुसार २० गते बिजबजारले अपराह्न ४ देखि ८ः२० सम्म फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप तथा खेलहरु सञ्चालन गर्ने जनाएको छ। 

भाग्यशाली सेवाग्राही र विजेताले पुरस्कार पनि पाउनेछन्। क्याम्पेनअन्तर्गत ट्रेन्डी अवतारमा सबै वर्गका ग्राहकले फेसनसम्बन्धी सामान, इलेक्ट्रिफाइङ बचतअनुसार इलेक्ट्रोनिक्स सामान, हेल्थ एन्ड ब्युटीअन्तर्गत सो सम्बन्धी सामानहरूमा, गो स्पोर्ट्स क्रेजी अन्तर्गत खेलकुद तथा फिटनेस सामाहरूमा र ह्याप्पी न्युज अन्तर्गत घरपालुवा जनावरहरूका सामानहरूमा भारी छुट तथा योजनाहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

साथै पानी पर्यो अफर झर्यो अन्तर्गत मनसुनसँग सम्बन्धित साथै अन्य विभिन्न सामानहरूमा भारी छुट सहित अन्य आकर्षक अफरहरू समेत प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ। 

भाग्यमानी २० क्विजअनुसार २० विजेताले सय रुपैयाँको मोबाइल टपअप जित्नेछन्। त्यस्तै क्याच एन्ड विन खेलमा सहभागी सेवाग्राहीले ५ आकर्षक उपहार जित्ने कम्पनीले जनाएको छ। 

सोही दौडान यो कहाँ पर्योअन्तर्गत हुने खेलका विजेताले मगाएको सामानको निःशुल्क डेलिभरी पाउनेछन्। यो क्याम्पेनमा कम्पनीका शर्त लागू हुने उल्लेख गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .