निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरले सुर्खेतमा एटीआर ७२ विमानको परीक्षण उडान गरेको छ।
परीक्षण उडानको रिपोर्ट अनुकूल आए आगामी जनवरी २३ बाट साताको दुईवटा उडान गर्ने कम्पनीले जनाएको छ।
यसअघि पनि सन् २०१३ फेब्रुअरी १ बाट बुद्धले १८ सिट भएको बिचक्राफ्ट १९०० डीबाट उडान सुरु गरेको थियो। पछिल्लो ५ वर्षयता उसले ४७ सिटको एटीआर ४२ बाट नियमित उडान सञ्चालन गर्दै आएको छ।
यात्रुको मागअनुसार अब थप क्षमतामा उडान गर्न परीक्षण उडान गरिएको कम्पनीले जनाएको छ।
हाल सञ्चालनमा रहेको जहाजको उडान सञ्चालन लागत उच्च रहेको र यसको प्रत्यक्ष असर भाडामा पर्ने भएकाले पनि एटीआर ७२ विमानमार्फत उडानको तयारी गरेको बुद्धले जनाएको छ। एटीआर७२ को भाडादर ७५ सय रुपैयाँ लाग्ने बुद्ध एयरले जनाएको छ।
सुर्खेत उडानकै लागि आगामी डिसेम्बरमा थप दुईवटा एटीआर ७२ जहाज ल्याउनलागेको बुद्ध एयरले जनाएको छ।
Shares
प्रतिक्रिया