ad ad

कारोबार


टीसीएल अन्तर्राष्ट्रिय टिमले गर्‍यो नेपाली बजार भ्रमण

टीसीएल अन्तर्राष्ट्रिय टिमले गर्‍यो नेपाली बजार भ्रमण

नेपालखबर
पुस ५, २०७९ मंगलबार १७:३९, काठमाडौँ

प्रविधि ब्रान्ड टीसीएलको एसिया प्यासिफिक सेल्स सेन्टरका लागि नियुक्त सेल्स डाइरेक्टर मिसेस क्यारोलिन (किउ लिन) र सिनिअर सेल्स म्यानेजर मिस्टर रेक्स(लिउ रेन)ले नेपाली बजारको भ्रमण गरेका छन्। 

टीसीएल टिमले काठमाडौं टङाल, कुमारीपाटी र बसुन्धाराका सिजी डिजिटल शोरुमहरुका साथै बिभिन्न डिलर सपहरुको भ्रमण गरेको हो। 

सेल्स डाइरेक्टर मिसेस क्यारोलिनका अनुसार विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि प्रसिद्ध टीसीएलका उत्पादनहरु नेपालमा पनि व्यापक रूपमा रुचाइएको छ र चौधरी समूहसँगको हाम्रो लामो सहकार्यको अनुभवले र यो भ्रमणले हामीलाई नेपालमा सेवा अझ ब्यापक रुपमा विस्तार गर्न प्रोत्साहित गरेको छ। 

ग्राहकहरुलाई  उच्चस्तरीय अनुभव प्रदान गर्न चाडै नै  टीसीएलका विशेष शोरुमहरु र कन्सेप्ट कर्नरहरु नेपालभर विस्तार गर्ने टीसीएलको भावी योजना पनि रहेको छ । 

सीजी इलेक्ट्रोनिक्सले अन्तरराष्ट्रिय फुटबल प्रतियोगितालाई लक्षित गरेर सार्वजनिक गरेको “फुटबल हङ्गामा” योजना हालसम्म कायमै राखेको छ। टीसीएल अन्तरराष्ट्रिय ब्राजिलियन फूटबल टिमको आधिकारिक प्रायोजक पनि हो। 

कम्पनीले टीसीएलका उत्पादनहरुमा फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ।

कम्पनीले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। 

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .