टाटा मोटर्सले अटो एक्स्पो २०२३ मा दर्जन बढी नयाँ गाडी सार्वजनिक गरेको छ।
भारतको उत्तर प्रदेशस्थित ग्रेटर नोयडामा सुरू भएको एक्स्पोमा कम्पनीले नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको हो ।
कोभिड महामारीको कारण २०२१ र २०२२ मा हुन नसकेको एक्स्पोमा टाटाले विद्युतीय कन्सेप्ट कारसहितका गाडी प्रदर्शनीमा राखेको छ।
टाटाले विद्युतीय कन्सेप्ट कारको रूपमा अभिन्या, सियारा, कर्भ एसयूभी, ह्यारियर सार्वजनिक गरेको छ।
त्यसबाहेक टियागो ईभी, सफारीको डार्क एडिसन, अल्ट्रोज रेस र अल्ट्रोज सिइनजी, पञ्चको सिएनजी भर्जन समेत ल्याएको छ।
टाटा मोटर्सको नेपालमा सिप्रदी ट्रेडिङ आधिकारिक बिक्रेता रहेको छ। भारतमा सार्वजनिक गरेका अधिकांश मोडल नेपाली बजारमा समेत उपस्थित हुने गरेको छ।
तस्बिरहरु
33
Shares
प्रतिक्रिया