सेयरबजार आज पनि १०.३७ अंकले बढेको छ।
बजार परिसूचक नेप्से उक्त अंकले बढेर २१८३.६२ विन्दुमा पुगेको छ।
बुधबार २६१ कम्पनी कारोबारमा सामेल भएकामा ९५ लाख ३२ हजार कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आज दिनभरिमा ५४ हजार ३७७ पटक खरिदबिक्री भएको थियो। यसबाट ३ अर्ब ४६ करोडको सेयर किनबेच भएको हो। आजको कारोबारबाट १५९ कम्पनीको सेयर बढेको, ४६ वटाको घटेको र ६ वटाको उही मूल्यमा कारोबार भएको छ।
कसले कमाए धेरै?
आज सबैभन्दा बढी ग्रिनलाइफ हाइड्रोपावरका सेयरधनीले कमाएका छन्। कम्पनीको सेयर १० प्रतिशतले बढ्दा लगानीकर्ताले प्रतिकित्ता ३०.८० रुपैयाँ आम्दानी गरेका हुन्।
त्यस्तै आदर्श लघुवित्तको सेयर पनि १० प्रतिशतले बढ्दा लगानीकर्ताले ९९ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन् भने सानिमा जीआईसी इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स र बलेफी हाइड्रोका सेयरधनीले पनि क्रमशः ९.९९, ९.९९ र ९.९८ प्रतिशत कमाएका हुन्।
आज लगानीकर्ताले ५.७० प्रतिशतसम्म नोक्सानी व्यहोर्दा नेशनल हाइड्रोपावर कम्पनीको १० करोडको सर्वाधिक कारोबार भएको छ।
Shares
प्रतिक्रिया