ad ad

कारोबार


‘गहुँ अभावले देशभरका मैदा उद्योग बन्द हुने अवस्थामा’

‘गहुँ अभावले देशभरका मैदा उद्योग बन्द हुने अवस्थामा’

नेपालखबर
माघ १२, २०७९ बिहिबार १७:१४, काठमाडौँ

भारत सरकारले २०७९ वैशाख ३० गतेदेखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदा/आँटाको चरम अभाव भएको नेपाल मैदा उद्योग संघले जनाएको छ।

मैदा/आँटा कच्चा पदार्थको रुपमा प्रयोग हुने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुुरी/नान, भोजनालय, रेष्टुरेन्ट लगायत ठूला–साना सबै होटललाई माग अनुसारको मैदा/आँटा मैदा उद्योगले उपलब्ध गराउन नसक्दा बजारमा चरम अभावको अवस्था सिर्जना हुँदा मैदा व्यवसायी चिन्तित छन् भने आम उपभोक्ताहरुलाई समेत प्रत्यक्ष प्रभाव पर्ने संघको चिन्ता छ।

भारत सरकारको प्रतिबन्ध पश्चात मैदा उद्योगले बजारबाट महँगो मूल्यमा गहुँ खरिद गरिरहेको हुँदा मैदा/आँटाको मूल्य बढिरहेकाले उपभोक्ता लगायत सबै क्षेत्रलाई प्रभाव परिरहेको जानकारी सरकारलाई दिँदै आएको पनि संघले जनाएको छ।

संघका अनुसार अहिले पछिल्लो समयमा बजारमा गहुँ नै छैन, जसको कारण देशभरिका ८० प्रतिशत मैदा उद्योग नै बन्द हुने अवस्थामा पुगेका छन् भने बाँकी उद्योगहरु पनि एक हप्तामा पूर्ण बन्द हुने अवस्थामा छ। 

मैदा उद्योगले बजारमा मैदा/आँटा दिन सक्ने अवस्था नै छैन। यो विषम परिस्थितिबाट केही हदसम्म राहत पाउन तोकिएको कोटा तुरुन्त पाउनुपर्ने मैदा उद्योग संघको माग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .