चालू आर्थिक वर्षको ८ महिनामा वाणिज्य बैंकहरुले सेयर धितो कर्जा घटाएका छन्।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुससम्म वाणिज्य बैंकहरुको सेयर धितो कर्जा ८.६८ प्रतिशतले घटेको हो।
गत असार मसान्तसम्ममा बैंकहरुले ५१ अर्ब ४८ करोड ८ लाख रुपैयाँ कर्जा लगानी गरेका वाणिज्य बैंकहरुले समीक्षा अवधिमा भने ८.६८ प्रतिशत घटाएका छन्।
चालू आवको पुससम्म बैंकहरुले ४४ अर्ब ७१ करोड ३ लाख रुपैयाँ मात्रै सेयर धितो कर्जा प्रवाह गरेका हुन्।
बैंकहरुले निरन्तर रुपमा सेयर धितो कर्जा घटाउँदै आएका छन्। नेपाल राष्ट्र बैंकले कडाइ गरेपछि सेयर धितो कर्जा प्रवाह घटाउँदै गएका हुन्। निरन्तर रुपमा सेयर कर्जा घटाउँदै आए पनि यस अवधिमा ३ वटा वाणिज्य बैंकले भने बढाएका छन्।
एनएमबि बैंक, लक्ष्मी बैंक र एभरेष्ट बैंकले सेयर धितो कर्जा बढाएका हुन्। एनएमबि बैंकको सेयर धितो १ करोडले बढेर १ अर्ब ४६ करोड रुपैयाँ, लक्ष्मी बैंकको १५ करोड रुपैयाँ बढेर २ अर्ब ६८ करोड ८ लाख रुपैयाँ र एभरेष्ट बैंकको ५ करोड रुपैयाँ बढेर ७९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन्।
पुस मसान्तसम्म १९ वटा वाणिज्य बैंकले सेयर धितो कर्जा घटाएका छन्।
२०७९ पुस मसान्तमा सिद्धार्थ बैंक, माछापुच्छ्रुे बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, नबिल बैंक, सिटिजन्स बैंक, प्राइम बैंक, सनराइज बैंक, कृषि विकास बैंक, सानिमा बैंक, सिभिल बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकको कर्जा प्रवाह घटाएका छन्।
नबिल बैंक र ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी सेयर धितो कर्जा प्रवाह गरेका छन्।
यस अवधिमा सबैभन्दा धेरै सेयर कर्जा प्रवाह घटाउनेमा नेपाल बैंक छ। बैंकले सेयर कर्जा प्रवाह १ अर्ब ५५ करोड घटेर ३ अर्ब ५५ करोड सीमित भएको छ।
त्यसैगरी कृषि विकास बैंकको सेयर कर्जा प्रवाह सबैभन्दा कम २ लाख रुपैयाँ घटेको छ। बैंकको सेयर कर्जा प्रवाह २ लाख रुपैयाँ घटेर १ अर्ब १७ करोड सीमित भएको छ।
सिद्धार्थ बैंकको सेयर कर्जा प्रवाह ४१ करोड ६ लाख, माछापुच्छ्रुे बैंकको ३३ करोड ४ लाख, नेपाल एसबीआई बैंकको ४ लाख, हिमालयन बैंकको ३ करोड ६ लाख, नबिल बैंकको ३१ करोड २ लाख, सिटिजन्स बैंकको २९ करोड ५ लाख, प्राइम कमर्सियलको ५७ करोड ९ लाख, सनराइज बैंकको ४१ करोड ५ लाख, कृषि विकास बैंकको २ लाख र सानिमा बैंकको सेयर कर्जा प्रवाह २५ करोड ९ लाख रुयैयाँ घटेको छ।
त्यसैगरी सिभिल बैंकको २२ करोड २ लाख, नेपाल बैंकको १ अर्ब ५ करोड र एनआईसी एसिया बैंकको ३० करोड रुपैयाँ सेयर कर्जा प्रवाह घटेको छ।
मर्जपश्चात् एकीकृत कारोबार गरेका कुमारी बैंक (तत्कालीन एनसीसी)को ४३ करोड, ग्लोबल आईएमई (तत्कालीन बीओके)को ६४ करोड, प्रभु बैंक (तत्कालीन सेञ्चुरी) २१ करोड र नेपाल इन्भेष्टमेन्ट (तत्कालीन मेगा) बैंकको ३९ करोडले सेयर कर्जा प्रवाह घटेको छ।
पुस मसान्तसम्म कुन वाणिज्य बैंकले कति गरे सेयर कर्जा प्रवाह?
एनएमबि बैंकले २०७९ पुस मसान्तसम्ममा १ अर्ब ४६ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ।
त्यसैगरी सिद्धार्थ बैंकले ३ अर्ब ६३ करोड, कुमारी बैंकले ३ अर्ब ५३ करोड, लक्ष्मी बैंकले २ अर्ब २६ करोड, माछापुच्छ्रुे बैंकले ७१ करोड ४ लाख, एभरेष्ट बैंकले ७९ लाख, नेपाल एसबिआई २ करोड ७ लाख, हिमालयन बैंकले १ अर्ब २५ लाख र नबिल बैंकले ७ अर्ब ३० करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ।
सिटिजन्स बैंकले ३ अर्ब ७७ करोड, प्राइम कमर्सियल बैंकले २ अर्ब ८८ करोड, सनराइज बैंकले १ अर्ब ८३ करोड, कृषि विकास बैंकले १ अर्ब १७ करोड, सानिमा बैंकले १ अर्ब ४९ करोड, सिभिल बैंकले २ अर्ब १ करोड, नेपाल बैंकले ३ अर्ब ५५ करोड, ग्लोबल आईएमई ६ अर्ब ५४ करोड, एनआईसी एसिया बैंकले १ अर्ब ३५ करोड, प्रभु बैंकले ४ अर्ब १९ करोड, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ३२ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब १४ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छ।
Shares
प्रतिक्रिया