ad ad

कारोबार


३ वर्षयता राम्रो आम्दानी गर्दै क्लासिकटेक, गत वर्षमात्रै गर्‍यो ८७ करोडको व्यवसाय

३ वर्षयता राम्रो आम्दानी गर्दै क्लासिकटेक, गत वर्षमात्रै गर्‍यो ८७ करोडको व्यवसाय

फाइल तस्बिर


नेपालखबर
फागुन ३०, २०७९ मंगलबार १४:५१, काठमाडौँ

इन्टरनेट सेवा प्रदायक क्लासिकटेकको आम्दानी वार्षिक रुपमा बढ्दै गएको छ।

पछिल्ला ३ वर्षमा कम्पनीले नाफा र आम्दानी दुवै बढाउँदै लगेको हो। 

आर्थिक वर्ष २०७७/०७८ मा ८३ करोड रुपैयाँको सञ्चालन आम्दानी गरेकोमा २०७८/०७९ मा ८७ करोड रुपैयाँको आम्दानी गरेको हो। 

नेपालभर इन्टरनेट प्रयोगकर्ताको संख्या बढेसँगै कम्पनीको आम्दानी बढेको  छ। गत मंसिरसम्म क्लासिकटेकका ग्राहक २ लाख ५८ हजार रहेका छन्। 

त्यसअघि २०७६/०७७ मा कम्पनीको आम्दानी ६८ करोड रुपैयाँ रहेको थियो। 

सन् २००९ मा स्थापना भएको कम्पनीले कर, ब्याज, अवमूल्यनपछिको नाफा गत आर्थिक वर्षमा १७.८७ प्रतिशत रहेको छ। त्यसअघि १६.७६ प्रतिशत रहेको रेटिङ एजेन्सीले उल्लेख गरेको छ। 

क्लासिटेकले नेपाली बजारको १०.३ प्तिशत बजार हिस्सा रहेको छ। ७७ वटै जिल्लामा सेवा विस्तार गरेको कम्पनीका काठमाडौंमा २८ शाखा र १०४ वटा शाखा रहेका छन्।

कम्पनीको प्रमेश खरेल कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .