अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग सहकार्य गरेर अहिलेको समस्या समाधान गर्ने बताएका छन्।
उनले वित्तीय क्षेत्रमा देखिएका समस्याहरु मिलेर हल गर्ने बताएका हुन्।
महतले आज मात्र अर्थ मन्त्रालयको कार्यभार सम्हालेका हुन्। सोही क्रममा अर्थ मन्त्रालय पुगेका गभर्नर अधिकारीलाई लघुवित्तदेखि सहकारीसम्ममा देखिएको समस्या राज्यको संयन्त्रले मिलेर हल गर्नुपर्ने बताएका हुन्।
अर्थमन्त्री र गभर्नरको सम्बन्धबारे यसअघि पनि चर्चा हुने गरेको थियो। जनार्दन शर्मा अर्थमन्त्री हुँदा गभर्नर अधिकारीसँग सम्बन्ध बिग्रिएको थियो।
त्यस समयमा सरकारले गभर्नरलाई बर्खास्त समेत गरेको थियो। तर अदालतबाट उनी फिर्ता आएका थिए।
विष्णु पौडेल अर्थमन्त्री हुँदा भने गभर्नरको सम्बन्ध राम्रो थियो। त्यस समयमा हरेक विषयको छलफलमा विष्णु पौडेलसँग गभर्नर रहने गरेका थिए।
महतले आज कार्यभार सम्हालेको दिन सम्बन्ध राम्रो बनाएर अघि बढ्ने संकेत गरेका छन्।
Shares
प्रतिक्रिया