नेपाल उद्योग वाणिज्य महासंघको भावी नेतृत्वका रुपमा अन्जन श्रेष्ठको उदय भएको छ।
बुधबार सम्पन्न निर्वाचनमा तीन उम्मेदवार कसैले पनि ५० प्रतिशत मत नकटाएपछि आज दोस्रो चरणको चुनाव हुनुअघि नै उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठबीच सहमति भएको हो।
अघिल्लो चरणबाट रामचन्द्र संघाई भने बाहिरिएका थिए। सोसँगै निर्वाचन समितिले बाँकी दुईलाई निर्वाचनअघि सहमतिको प्रयास गर्न २ घण्टा समय दिएको थियो।
सो समयमा दुई उम्मेदवारले सहमति जुटाएका हुन्। यसअनुसार उमेशलालले अन्जनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए।
सोसँगै अन्जन निर्विरोध निर्वाचित भए। निर्वाचित भएलगत्तै अन्जन र उमेशलाल अंगालोमा बाँधिएका थिए भने अन्जनले उमेशलालको निधारमा अबिर पोतिदिएका थिए।
तस्बिरमा अन्जन र उमेशलालको भाइचारा
444
Shares
प्रतिक्रिया