‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ भन्ने मूल नाराका साथ सोमबारदेखि राजधानीको भृकुटी मण्डपमा ‘सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी’ हुने भएको छ। नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा सञ्चालन हुने मेला माघ ०४ गते सम्म चल्नेछ।
मेलामा बिक्री बितरण गरीने जुत्तामा ६ महिना सम्मको वारेन्टी तथा चप्पल र जुत्तामा १५ देखि २५ प्रतिशत सम्मको छुट दिइने छ।
यस्तै, गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ती प्रयोग गरि उत्पादन गरीएका जेन्स, लेडीज, बच्चाका जुत्ताहरु, लगायत अल्लो तथा हेम्पद्वारा निर्मीत बस्तुहरु पनि प्रर्दशन तथा बिक्री बितरण गरीनेछ। मेलामा करीब ७० देखि ८० हजार दर्शक भित्राउने लक्ष्य लिइएको आयोजकले जनाएको छ।
प्रतिक्रिया