भारतीय रेफ्रिजिरेटर ब्रान्ड गोदरेजले नयाँ इन्भर्टर एअर कन्डिसनर (एसी) नेपाली बजारमा सार्वजनिक गरेको छ। गोदरेज इन्भर्टर एसी सबै मौसमको लागि उपयोगी हुने कम्पनीले जनाएको छ।
गोदरेज इन्भर्टर एसीमा एन्टी भाइरल फिल्टरका साथै एन्टी डस्ट फिल्टर र एक्टिभ कर्बोन फिल्टर रहेको हुनाले यसले अनावश्यक प्रदुषण, किटाणुहरु ९९.९ प्रतिशतसम्म नष्ट गरी वातावरणलाई स्वस्थ्य पार्ने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार यस एसी आर३२ इको रेफ्रिजिरेन्ट भएको र ५२ डिग्री सम्मको तापक्रममा पनि कूलिङ गर्न सक्ने क्षमता रहेको छ। टुइन रोटरी इन्भरटर टेक्नोलोजीमा आधारित यस एसीले बिजुली बचत गर्नुका साथै छिटो तातो र मौसस अनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ। गोदरेजको यस एअर कन्डिसनरमा १० वर्षको इन्भरटर कम्प्रेसर वारेन्टी रहेको कम्पनीले जनाएको छ।
यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ।
नेपाल अधिराज्यभर गोदरेज ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी ईओएल रहेको छ। सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो बिक्रेता सञ्जाल र अनलाइन सपिङ साइट मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको कम्पनीको दाबी छ।
कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गठ्ठाघर, किर्तिपुर, रबिभवन, हातिगौंडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर बनेपा, पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् भने ४० भन्दा बढी नेपालभरी छरिएका सर्भिस सेन्टरहरुबाट उत्कृष्ट बिक्री पश्चात सेवा पनि प्रदान गरिरहेको छ।
Shares
प्रतिक्रिया