ad ad

कारोबार


‘बल्ल बाहिरबाट हेर्दा पनि स्वास्थ्य मन्त्रालयजस्तो देखियो’ (तस्बिरहरू)

‘बल्ल बाहिरबाट हेर्दा पनि स्वास्थ्य मन्त्रालयजस्तो देखियो’ (तस्बिरहरू)

नेपालखबर
असार १८, २०८० सोमबार ११:२५, काठमाडौँ

केही समय अघिसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँगन हेर्दै उराठ लाग्दो थियो। मन्त्री, सचिव, निर्देशक, कर्मचारी र दातृ निकायका गाडी मन्त्रालय प्रवेश गर्दा धुलो उड्थ्यो। प्रवेशद्वारका दाँयाबायाँ रहेका बगैँचाका फूल–बिरुवा सुकिसकेका थिए। मन्त्रालय प्रवेश गर्ने बरन्डा र ढोका वरिपरि माकुराको जालो लागेको थियो। 

तर स्वास्थ्य तथा जनसंख्यामन्त्रीका रूपमा मोहनबहादुर बस्नेत आएको २ महिनामै मन्त्रालयको स्वरूप फेरिएको छ। स्वास्थ्य मन्त्रालय आफैँ अस्वस्थजस्तो लागेपछि आफूले बजेट व्यवस्थापन गरेर बगैँचा सजावटदेखि मन्त्रालयको रंगरोगन र आँगन कालोपत्रे गराएको मन्त्री बस्नेतले बताए। ‘बल्ल बाहिरबाट हेर्दा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयजस्तो भयो’, उनले भने।

नेपाल सरकारका मन्त्रालयमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारबाहिर रहेको एक मात्र मन्त्रालय हो। मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयको स्वरूप नै फरिदिएपछि कर्मचारीहरू पनि दंग छन्। प्रशासन शाखाका एक कर्मचारीले भने, ‘मन्त्रालय परिसरको सरसफाइले काम गर्ने वातावरणसमेत सुध्रेको छ। मन्त्रीज्यूको कदम प्रशंसनीय छ।’

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनासाथ मन्त्री बस्नेतको ध्यान स्वास्थ्य सेवा सुधारका अन्य योजनासँगै मन्त्रालयको सरसफाइमा पनि गयो। मन्त्री भएको केही हप्तामै उनले मन्त्रालय परिसर सरसफाइ सुरु गराए। केही दिनपछि मन्त्रालयअगाडिका बगैँचामा नयाँ फूल तथा नयाँ प्रजातिका बोटविरुवा रोप्न लगाए। 

वर्षाैंदखि कालोपत्रे हुन नसकेको मन्त्रालयको आँगन पनि कालोपत्रे गरियो। आँगन कालोपत्रे गर्न स्वास्थ्यमन्त्री बस्नेत आइतबार राति ११ बजेसम्म आफैँ खटिएको कर्मचारी बताउँछन्। कालोपत्रे असारे विकासजस्तो नहोस्, गुणस्तरीय होस् भनेर मन्त्री बस्नेतले निरीक्षण गरिरहे।

 

मन्त्रालयका एक सुरक्षाकर्मीले भने, ‘यसरी मन्त्री नै नखटिएको भए नाम मात्रको कालोपत्रे गरेर ठेकेदार टाप कसिसक्थे। मन्त्रीज्यू नै खटिएपछि बलियो पिच गर्न बाध्य भए।’ 

थप तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .