गतसाता तस्करीबाट भित्रिएको करिब सय किलो सुन विमानस्थलबाहिर बरामद भएको थियो। तर, त्यसमा सुनको परिमाण ठ्याक्कै कति छ, अहिलेसम्म आधिकारिक रुपमा जोखिएको छैन। सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सुरक्षित राखिएको छ।
टक्सारमा राखिएको वस्तुको कुल तौल १ सय ५५ केजी छ। जसमा राजस्व अनुसन्धान विभागले एक सय किलो सुन रहेको अनुमान गरेको छ।
तर आधिकारिक सुन जोख्न भने बाँकी छ। सुनको तौल गर्ने र त्यसको गुणस्तर मापन गर्ने काम टक्सार महाशाखाकै हो। बिहीबार टक्सार महाशाखामा पुर्याइएको सुन किन अहिलेसम्म जोखिएन, धेरैका लागि चासोको विषय बनेको छ।
तर, टक्सार महाशाखाले लाहाछाप लागेको सुन आफैँले खोल्न समेत मिल्दैन। सुन जोख्नका लागि राजस्व अनुसन्धान विभागले पत्र पठाउनु पर्छ। र, त्यसमा प्रहरीको पनि साथ चाहिन्छ।
टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यले नेपालखबरसँग भने, ‘लाहाछाप लागेको सुन हामीलाई खेल्न अधिकार दिनुपर्छ। हामीलाई अधिकार छैन। त्यसको लागि नेपाल राष्ट्र बैंकलाई पत्र आउँछ। अहिलेसम्म हामीले पाएको अधिकार भनेको सुरक्षित राख्नु मात्रै हो।’
बिहीबार दिउँसो उक्त सुन जोख्दा बट्टा (ब्रेक सु) सहित १५५ केजी सुन भएको उनको भनाइ छ।
राजस्व अनुसन्धान विभागले भने तत्काल सुन जोख्ने काम प्राथमिकतामा नरहेको जनाएको छ। विभागका एक अधिकारीले यो विषय अनुसन्धानको क्रममा रहेकोले सुन जोख्नभन्दा पनि थप सुन बरामद गर्ने प्रयास भइरहेको बताए।
‘समातिएको कम्पनीको नै सुन थप हुन सक्ने आकलन भएकाले थप गर्न सके एकै पटकमा जोख्ने तयारी छ,’ ती अधिकारीले नेपालखबरसँग भने।
थप सुन समेत आउन सक्ने देखिएको उनको भनाइ छ।
पछिल्लो तीन महिनामा १८ सय किलो सुन नेपाल भित्र्याएको हुनसक्ने आकलनका साथ विभागले अध्ययन अघि बढाएको छ। सुन भित्र्याउने कम्पनीको यसअघिका कागजात हेर्दा गतसाता नेपाल सामान भित्र्याएकै मोडालिटीमा थप वस्तु ल्याएको तथ्याङ्क समेत विभागले फेला पारेको छ।
राजस्व अनुसन्धान विभागले भन्सारको सिस्टमबाट उक्त तथ्याङ्क पाएको हो। राजस्व अनुसन्धान विभागलाई भन्सार र आन्तरिक राजस्व विभागको प्रणालीमा पहुँच छ। सोही अनुसार विभागले सम्झौता समेत गरेको छ।
भन्सारको प्रणाली हेर्दा गत ३ महिनादेखि सोही प्रकारको वस्तु ल्याएको भेटिएको हो। रेडी ट्रेड प्रालिको नाममा मोटरसाइकलको ‘ब्रेक सु’ भनेर १ सय केजी सुन भित्र्याइएको पाइएको छ।
सोही कम्पनीले तीन महिनामा १८ सय किलो सामान भित्र्याएको कागजात फेला पारेको हो।
उक्त कम्पनीले आयात गरेको वस्तुको प्रकृति र आएको स्थानहरू हेर्दा सबै एकै प्रकारका छन्। प्रज्ञापन पत्रमा ब्रेक–सु, ब्रेक प्याड, इलेक्ट्रिक सामान उल्लेख छ। यसअघि भित्र्याएको समानको कुल तौल १८ सय केजी देखिएको विभागले बताएको छ। त्यसमा सुन हो वा होइन र सुन भएको खण्डमा यकिन कति छ भन्ने अध्ययनको क्रममा रहेको जनाइएको छ।
यो पनि पढ्नुहोस्ः
- हङकङबाट यसरी काठमाडौं पठाइयो सुन, मिस लीले मध्यराति रोकिन् १५२ किलोको सिपिङ
- सय केजी सुन प्रकरण : छानबिनका लागि अनुसन्धान अधिकृत तोकियो
- पक्राउ परेका चिनियाँ एक वर्षदेखि नेपालमै, महाराजगञ्जमा थियो कार्यालय
- त्रिभुवन विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद
- पछिल्लो समय विमानस्थलबाट भित्रिने गरेको थियो दैनिक क्विन्टल अवैध सुन
- सय किलो सुन बरामद प्रकरण : एजेन्टसहित समातिए ६ जना
- बरामद सुन डेढ सय किलोभन्दा बढी, एकै जनाको भएको अनुमान
- यी हुन् सय किलो सुन बरामद प्रकरणमा पक्राउ परेका ४ जना
- सुन तस्करीमा सरकार आवद्ध दलकै नेता मुछिनु गम्भीर विषय : पोखरेल
- सय किलो सुन बरामद प्रकरण : भन्सार अधिकृत चन्द निलम्बन
- एक महिनायता विमानस्थलबाट भित्रिरहेको थियो दैनिक १ क्विन्टल अवैध सुन
- प्रहरी र भन्सार अधिकृतको मिलेमतोमा यसरी छुट्यो विमानस्थलबाट १०० किलो सुन
- सय किलो सुन बरामद प्रकरण : गृहमन्त्रीले बोलाए भन्सारका महानिर्देशकलाई
- सय किलो सुन प्रकरण छानबिनका लागि समिति गठन
- विमानस्थलमा बरामद सुनमा मेरो हात छैन, तस्करसँग चिनजान पनि छैन : दीपक मल्होत्रा
- ‘सुन तस्करीमा संलग्न भए भागिसक्थेँ, पुष्टि भएमा सजाय भोग्न तयार छु’
- बरामद सय केजी सुन राष्ट्र बैंकबाट विमानस्थल भन्सारमै फर्काइयो
- तस्करीको थप सुन रहेको सूचनापछि राजस्वको टोली फेरि पुग्यो एयरपोर्ट भन्सार
- बरामद सुन परीक्षणका लागि टक्सार महाशाखा लगियो (तस्बिरहरू)
- विमानस्थल पुगेको विभागको टोलीले थप सुन भेटाएन
- सय किलो सुन प्रकरण : विमानस्थलबाट भाग्न लागेको अवस्थामा पक्राउ परे चिनियाँ नागरिक
- टक्सार महाशाखामै राखिन्छ बरामद भएको सुन, थप परीक्षणका लागि पत्र पर्खंदै राष्ट्र बैंक
- सय किलो सुन प्रकरणमा पक्राउ परेका ६ जनालाई १० दिन हिरासतमा राख्न अनुमति
- सय किलो सुन तस्करी : राजस्वले लियो थप व्यक्तिविरुद्ध जरुरी पक्राउ पुर्जी
- पक्राउ परेका चिनियाँ एक वर्षदेखि नेपालमै, महाराजगञ्जमा थियो कार्यालय
- सय केजी सुन तस्करी : काठमाडौंबाट थप दुईजना पक्राउ
- सय केजी सुन प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुग्यो (नामावलीसहित)
- सय किलो सुन ल्याउनेले ३ महिनामा १८ सय किलो भित्र्याएको कागजात भेटियो
Shares
प्रतिक्रिया