ad ad

कारोबार


मौलिक उत्पादन सम्बन्धी अध्ययन पुस्तक सार्वजनिक

मौलिक उत्पादन सम्बन्धी अध्ययन पुस्तक सार्वजनिक

नेपालखबर
साउन १६, २०८० मंगलबार १८:४७, काठमाडौँ

मौलिक उत्पादन सम्बन्धी अध्ययन पुस्तक सार्वजनिक भएको छ। नेपाली मौलिक उत्पादनहरुको वर्तमान अवस्था र आगामी भविष्य समावेश भएको पुस्तक सार्वजनिक भएको हो।

अन्तर्राष्ट्रिय माग एवं आपूर्तिको स्थिति, उत्पादकत्व वृद्धिको प्रचुर सम्भावना र निर्यात प्रवर्द्धनमार्फत अर्थतन्त्रको दिगो विकास र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा पुग्न सक्ने योगदानका विषयमा लामो अध्ययन तथा विश्लेषणसहित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र फेडेरेसन अफ नेपाल एक्पोटर्स एसोसिएसनद्वारा तयार गरिएको आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरु नामक पुस्तक विमोचन गरी सार्वजनिक गरिएको छ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले श्रावण १५ गते आयोजना गरेको कार्यक्रममा मुख्य सचिव बैकुण्ठ अर्यालले पुस्त सार्वजनिक गरेका हुन्।

उक्त पुस्तकका लेखकहरु डा. गोपाल प्रसाद तिवारी, उत्तम गौतम र कृष्णराज बजगाँई रहेका छन्।

विमोचन कार्यक्रममा सिबिफिनका अध्यक्ष पवन गोल्यानले नेपाली मौलिक उत्पादनहरुको विषयमा अध्ययन गर्नुको कारण र औचित्यबारे प्रकाश पारे।

मुख्यसचिव बैकुण्ठ अर्यालले सिबिफिन र एफएनईएले तयार गरेको उक्त पुस्तकले नेपाली उत्पादनहरुको वस्तुनिष्ठ अवस्थाको उजागर गर्दै निजी क्षेत्र र नेपाल सरकारका लागि चुनौती र सम्भावना दुवै औँल्याइ दिएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .