नबिल बैंकले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई सस्तो र सहज वित्तीय सुविधा उपलब्ध गराउने भएको छ।
टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्रालि र नबिल बैंकबीच सहकार्य गर्ने सहमति भएको छ।
सिप्रदी अटोपार्टस् प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र नबिल बैंकका एसएमई तथा माइक्रोफाइनान्स प्रमुख अमित श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड राकेश मित्तल लगायत काठमाडौं उपत्यकाका खुद्रा बिक्रेता तथा टाटा गुरुहरुको पनि उपस्थिति रहेको थियो।
उक्त सम्झौता अनुसार अब नबिल बैंकले सिप्रदी अटोपार्टका खुद्रा बिक्रेताहरुलाई सहज र सस्तो वित्तीय सुविधा उपलब्ध गराउने छ।
खुद्रा बिक्रेताहरू राष्ट्रको आर्थिक अवस्था नाजुक भएको परिस्थितिमा त्यो सम्झौताबाट खुशी महसुस गरेको कम्पनीले जनाएको छ।
Shares
प्रतिक्रिया