गोर्खा ब्रुअरीले ३ वर्षअघि पाएको इकाइ उद्योग सञ्चालनको म्याद थप भएको छ।
वि.सं. २०७७ सालमा गोर्खा ब्रुअरीले हेटौंडामा इकाइ उद्योग सञ्चालन अनुमति पाएको थियो।
तीन वर्षमा उद्योग सञ्चालन गर्ने भनिए पनि ढिला भएपछि २ वर्ष थपिएको हो।
उद्योग विभागका अनुसार औद्योगिक प्रवर्द्धन बोर्डको बैठकले गोर्खा ब्रुअरीको म्याद थपेको हो।
‘बोर्ड बैठकले यस अघि ३ वर्षभित्र हेटौंडास्थित इकाइ उद्योग खोल्ने गरी अनुमति दिएको थियो।
विभिन्न कारणले समयमा उद्योग सञ्चालन हुन नसक्ने भनी थप २ वर्षका लागि निवेदन प्राप्त भएकाले म्याद थप गर्ने निर्णय भएको छ’, विभागका एक अधिकारीले भने।
विभागमा आएको निवेदन अनुसार नै निर्णय भएको ती अधिकारीले जानकारी दिए। विभागका महानिर्देशक बोर्डका सदस्य सचिव पनि रहने व्यवस्था छ।
यसअघ २०७७ सालमा गोर्खा ब्रुअरीलाई नयाँ इकाइको लाइसेन्स प्रदान गरिएको थियो। त्यस समयमा उद्योग वणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट थिए।
गोर्खा ब्रुअरीको मुख्य उद्योग उद्योग नवलपरासीको गैंडाकोटमा छ।
कार्ल्सबर्ग र टुबोर्गजस्ता चर्चित बियर उत्पादन गर्दै आएको गोर्खा ब्रुअरीमा विदेशी कम्पनीको सेयर स्वामित्व धेरै छ।
यता नेपाली पार्टनर खेतान समूह रहेको छ। यस उद्योगमा ९० प्रतिशत सेयर स्वामित्व सिंगापुरे कम्पनी काल्र्सबर्ग साउथ एसियाको छ। जसमा १० प्रतिशत सेयर स्वामित्व खेतान समूहको छ।
२०६८ सालमा खेतान समूहले नै कार्ल्सबर्ग साउथ एसियालाई ४ लाख २९ हजार कित्ता सेयर बिक्री गरेको थियो। अहिले पनि नेपालको कुल बियर बजारमा काल्र्सबर्ग र टुबोर्गले आधा हिस्सा ओगटेका छन्।
नेपालमा अहिले गोर्खा ब्रअरीलाई कार्ल्सबर्ग साउथ एसियाले पूरै व्यवस्थापन गरिरहेको छ। यही कम्पनीका प्रतिनिधिले नेपालमा ब्रुअरीको व्यवस्थापन हेर्दै आएका छन्।
औद्योगिक प्रवर्द्धन बोर्डले गोर्खा ब्रुअरीको नयाँ इकाईका साथै नेपाल ग्यास कर्णालीको समेत म्याथ थप गरेको छ।
साविकको ठेगाना धादिङ बेनिघाटबाट बाँकेको बैजनाथमा उक्त ग्यासको उद्योग स्थानान्तरण गर्न गर्न सहमतिको निवेदन पेश भएको थियो। जसलाई स्वीकृति दिने निर्णय भएको छ।
बोर्ड बैठकले त्यसको आधिकारिक निर्णयका लागि विभागका महानिर्देशकलाई अधिकार प्रत्यायोजन गरिएको छ।
Shares
प्रतिक्रिया