ad ad

कारोबार


एलजी फ्ल्यागसिप शो रुम अपग्रेडपछि पुनः शुभारम्भ

एलजी फ्ल्यागसिप शो रुम अपग्रेडपछि पुनः शुभारम्भ

नेपालखबर
असोज ३, २०८० बुधबार १५:२६, काठमाडौँ

चौधरी ग्रुप अन्तर्गत मिनभवनमा रहेको एलजी ब्रान्डको आफ्नै शो रुम विश्वस्तरीय अपग्रेड पश्चात् पुनः शुभारम्भ भएको छ।

नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शो रुममा एलजी ब्रान्डका घरायसी विद्युतीय सामग्रीहरु जस्तै एलईडी टीभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, डिसवासर, एयर कन्डिसनर, माइक्रोवोभन, भ्याकुम क्लिनर लगायत अरु थुप्रै सामाग्रीहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ।

राजधानीको मुख्य व्यापारिक केन्द्र मिनभवनको गोरखा कम्प्लेक्समा अवस्थित यस शोरुम २००५ मा स्थापित एलजी ब्रान्डको पहिलो शोरुम हो। ग्राहकले दक्ष र अनुभवी ग्राहक प्रतिनिधीहरुबाट यहाँ भएका विद्युतीय सामग्रीहरुबारे जानकारी पनि लिन सक्नेछन्।

यो शोरुम हप्ताको सातै दिन बिहान १० बजे देखि बेलुका ७.३० बजेसम्म खुल्ला रहनेछ। ग्राहकका लागि अन्य थप जानकारी चाहिएमा फोन नं. ०१–४१०६५३०/४१०६६५२ मा सम्पर्क गर्न सक्नेछन्।

कम्पनीका अनुसार यस एलजी शोरुममा रिओपनिङको अवसरमा विशेष छुटका साथै, फ्री गिफ्ट, ० प्रतिशत किस्ताबन्दी र एक्सचेन्ज अफरको पनि सुविधा रहेको छ।

साथै, प्रोडक्ट लाइभ डेभो, कुकिङ क्लास र प्रिभेन्टिभ मेन्टिनेन्स सर्भिस (पीएमएस) को पनि ब्यवस्था गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .