ad ad

कारोबार


१४.२ किलोग्राम भन्दा बढीका ग्यास सिलिन्डर प्रयोग नगर्न निगमको आग्रह

१४.२ किलोग्राम भन्दा बढीका ग्यास सिलिन्डर प्रयोग नगर्न निगमको आग्रह

नेपालखबर
असोज ४, २०८० बिहिबार २१:२३, काठमाडौँ

नेपाल आयल निगमले १४.२ केजी क्षमता भन्दाबढीका ग्यास सिलिन्डर प्रयोग गर्नु गैर कानुनी भएकोले प्रयोग नगर्न/नगराउन आग्रह गरेको छ।

केही ग्यास उद्योगहरुले १४.२ केजी क्षमताका भन्दा बढी जस्तै ५० केजी, ४५० केजी क्षमताका सिलिन्डरहरुमा समेत एलपी ग्यास भरी बिक्री वितरण गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको निगमले जनाएको छ।

निगमसँग आवद्ध केहि ग्यास उद्योगहरुले वढि क्षमताका सिलिन्डरमा ग्यास भरी बिक्री वितरण गर्न अनुमतिमाग गरेकोमा निगमले एलपी ग्यास विनियमावली, २०६५ (संशोधन सहित) अनुसार अनुमति दिन नसकिने जानकारी गराइसकेको स्पष्ट पारेको छ।

तसर्थ १४.२ केजी भन्दाबढी जस्तै ५० केजी, ४५० केजी क्षमताका सिलिन्डरहरुमा ग्यास भरी बिक्री वितरण गरिरहेको भए त्यस्ता सिलिन्डरमा ग्यास भरी बिक्री वितरण गर्ने कार्य तुरुन्त बन्द गर्न पनि निगमले सूचित गरेको छ।

निर्धारित तौल भन्दा बढी क्षमताका सिलिन्डरमा ग्यास भरी बिक्री वितरण गरेको पाइएमा कारवाही गर्नेसमेत निगमले चेतावनी दिएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .