ad ad

कारोबार


प्रधानमन्त्रीसँगको चीन भ्रमणमा चेम्बर : राजेन्द्र मल्लदेखि दीपक मल्होत्रासम्म

प्रधानमन्त्रीसँगको चीन भ्रमणमा चेम्बर : राजेन्द्र मल्लदेखि दीपक मल्होत्रासम्म

नेपालखबर
असोज ५, २०८० शुक्रबार १४:५०, काठमाडौँ

नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली चीन भ्रमणमा गएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा निजी क्षेत्रका तर्फबाट चेम्बरले पनि सहभागिता जनाउन लागेको हो।

भ्रमण टोलीमा अध्यक्ष राजेन्द्र मल्ल, निर्वतमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्षहरु दीपक मल्होत्रा, उर्मिला श्रेष्ठ र त्रिभुवनधर तुलाधर रहेका छन्।

भ्रमणका क्रममा चिनियाँ निजी क्षेत्रसँग दुई पक्षीय आर्थिक एवं व्यापारिक सम्बन्धबारे छलफल हुने अध्यक्ष मल्लले बताए।

प्रधानमन्त्रीको भ्रमणका क्रममा दुई देशबीचका निजी क्षेत्रबीच दुई पक्षीय व्यापार सहजीकरण, पूर्वाधारमा लगानी लगायतका विषयमा छलफल हुुँदैछ। नेपाल चीनबीचको व्यापार सम्झौतालाई समय सापेक्षा पुनरावलोकन गरेर ब्यापार सहजीकरण गर्ने विषय चेम्बरको प्राथमिकतामा रहेको बताए।

नेपाल चीनबीच यसअघी भएको पारवहन सम्झौताको प्रभावकारी कार्यान्वयन एवं उत्तरी छिमेकीसँगको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गर्नुपर्ने विषयमा चीनको निजी क्षेत्रसँग छलफल गर्ने चेम्बरले जनाएको छ।

अध्यक्ष मल्लले भने, ‘चीनसँगको सीमामा सुविधा सम्पन्न सडक पूर्वाधार निर्माण गरेर तातोपानी, केरुङ जस्ता भन्सार नाकाहरुमा स्तरोन्नती गरिनुपर्दछ यो विषयलाई पनि उठान गर्नेछौं।’

अध्यक्ष मल्लले भन्सार नाकाहरुमा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टीन ल्याब राखेर नेपालको निर्यात वृद्धि गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .