ad ad

कारोबार


प्रधानमन्त्रीले बेइजिङमा भने : चिनियाँ लगानीकर्तालाई नेपाल अवसरको भूमि हो

चीनको विकास देखेर चकित परेको भनाइ
प्रधानमन्त्रीले बेइजिङमा भने : चिनियाँ लगानीकर्तालाई नेपाल अवसरको भूमि हो

नेपालखबर
असोज ७, २०८० आइतबार १५:४९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल चिनियाँ लगानीकर्ताहरुका लागि अवसरको भूमि रहेको बताएका छन्।

चीन भ्रमणमा रहेका प्रधामन्त्री दाहालले आइतबार बेइजिङमा सम्बोधनका क्रममा नेपाल व्यवसाय वृद्धि गर्न जनसंख्यिक लाभका साथै युवाहरुको बाहुल्यता रहेको बताएका हुन्।    
 
प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)ले आयोजना गरेको नेपाल चाइना बिजनेश समिटमा नेपाला लगानीको वातावरण उपयुक्त रहेको सुनाए। 

कार्यक्रमलाई समबोधन गर्दै उनले जलस्रोत, हाइड्रोपावर उत्पादनको क्षमता, कृषिको क्षेत्र, फैलिरहेको पर्यटन उद्योग र सूचना प्रविधिको क्षेत्रमा लगानी गरी ठूलो नाफा कमाउन सकिने बताएका छन्। 
 
नेपाल चाइना जनेश समिटले दुई देशबीच आर्थिक सहकार्यका लागि महत्वपूर्ण हुने उनले बताए।

प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको रुपमा आफ्नो तेस्रो भ्रमण भएको बताउँदै चीन आउँदा विभिन्न क्षेत्रको विकास देखेर चकित परेको बताए।

चीनले पूर्वधारदेखि उद्यौगिक क्षेत्र, गरिवी निवारण, शिक्षा, स्वास्थ्य सेवामा उच्च प्रगति गरेको पनि उनले उल्लेख गरे। 

फोरममा चिनका वाणिज्य मन्त्री वाङ वेन्तो, अन्तराष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्का अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी कार्यक्रममा सहभागी रहेका थिए।

प्रधानमन्त्री दाहालले नेपाल चीन द्विपक्षीय  व्यापार स्थिर रहेको बताउँदै उनल चीन नेपालको दोस्रो वैदेशिक लगानीको स्रोत रहेको उल्लेख गरे। 

उनले नेपालको व्यापार घाटा चिन्ताजनक अवस्थामा रहेकाले सम्बोधन गर्ने प्रयासमा रहेको बताए। 

‘हामी चीनमा वस्तु निर्यातका लागि प्रयास गरिरहेका छौँ,’ उनले भने,‘हाम्रो उत्पादित क्षमता ध्यान, भौतिक पूर्वधारको विकास र गुणस्तरीय प्रमाणीकरण प्रणालीलाई सहजन बनाउनेतर्फ लागेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .