ad ad

कारोबार


हिल्सा–सिमकोट  सडक बनाउन चीनले सहयोग गर्ने

हिल्सा–सिमकोट  सडक बनाउन चीनले सहयोग गर्ने

फाइल तस्बिर


नेपालखबर
असोज ८, २०८० सोमबार १२:४५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा पश्चिम नेपालबाट चीन जोड्ने सिमकोट–हिल्सा सडकले पहिलो प्राथमिकता पाएको छ। 

 कर्णाली करिडोर अन्तरगर्तको खण्डलाई दुई लेनमा स्तरोन्नति गरी चीनसँग जोड्न चीनले सहयोग गर्ने भएको हो।    

मानसरोवर जाने नेपाली तथा भारतीय पर्यटकलाई सहज हुनेगरी हिल्सा–सिमकोट सडक निर्माण गर्ने योजना छ। भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले सुर्खेतदेखि चीन नाकासम्म ३ चरणमै भए पनि काम गर्ने प्रस्ताव गरेको थियो। 

सिमकोटदेखि हिल्सासम्मको दूरी करिब ९५ किलोमिटर छ। जसमा ११ किलोमिटर चट्टान भएको क्षेत्रमा नेपाली सेनालाई ट्रयाक खोल्ने जिम्मेवारी दिइएको थियो।  

त्यसमध्ये २ किलोमिटर बाँकी ट्रयाक खोल्न बाँकी रहेको छ। त्यसबाहेक सडक विभागले निर्माण गरिरहेको कर्णाली करिडोर (उत्तराखण्ड–हिल्सा–सिमकोट) सडक योजनाकै ठेक्काको साढे २ किमि ट्रयाक खोल्न बाँकी छ। 

‘कुल करिब ५ किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी छ,’ करिडोर उत्तरखण्डका इन्जिनियर निरजकुमार राजवंशीले भने, ‘चीनतर्फको हिल्साबाट ६० किलोमिटर सडकको ग्राभेलको लागि ठेक्का लगाउने काम सुरु भएको छ।’

कर्णाली करिडोरकै दक्षिण खण्ड (खुलालु–सल्लीसल्ला) सडक कच्ची छ। उक्त खण्डको बहुवर्षींय ठेक्काका लागि तयारी भैरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .