ad ad

कारोबार


ॐ हस्पिटलमा माछापुछ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

ॐ हस्पिटलमा माछापुछ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

नेपालखबर
असोज ९, २०८० मंगलबार १८:२३, काठमाडौँ

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई अस्पतालका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

ॐ हस्पिटलमा आयोजित संक्षिप्त समारोहमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठको उपस्थितिमा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र माछापुछ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे।

समारोहमा ॐ हस्पिटलका तर्फबाट ॐ अस्पतालका शेयरधनी हरिप्रसाद पाठक, मेडिकल डाइरेक्टर डा. हरिश जोशी, मानव संशाधन विभाग प्रमुख लवराज अवस्थी तथा विजनस डेभलोपमेन्ट म्यानेजर विनोद अधिकारीको उपस्थिति थियो। माछापुछ्रे बैंकका तर्फबाट चिफ बिनजनस अफिसर विनित चन्द्र झा, चिफ डिजिटल बैंकिङ अफिसर माधव सुवेदी, बाग्मती प्रोभिन्स म्यानेजर नरेश प्रधान र चाबहिल शाखा प्रबन्धक निरज सिग्देलको उपस्थिति थियो।

सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा योनो नेपाल एसबीआई मोबाइल एप प्रयोगकर्ताले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग सेवा रेडियोलोजी, प्याथोलोजी, फार्मेसी र फिजियोथेरापी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

तीन दशक अघिदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले एकै छानामुनी आकस्मिक उपचारदेखि सघन उपचार तथा पेन मेडिसिन लगायत अन्य ३७ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आईरहेको छ।

निःसन्तान दम्पतिलाई दाम्पत्य सुख प्रदान गर्ने आईभीएफ सेवाको शुरुवात गर्ने यो अस्पालले मातृशिशु सेवा, स्त्री तथा प्रसुती रोग, ल्यापारोस्कोपिक सर्जरी, जनरल मेडिसिन, दन्त रोग, नेत्र रोग, मानसिक रोग, फोक्सो तथा छाती रोग, मुत्र रोग लगायतका विषयमा विशेषज्ञ सेवा प्रदान गर्दैआएको छ।

मिर्गौला रोग र अर्बुदरोग उपचारमा नेपाल सरकारसँग सहकार्य गरी सहुलियत सहितको उपचार सेवा समेत प्रदान गर्दै आइरहेको छ। स्वास्थप्रति जागरुक नागरिकहरुका लागि ॐ अस्पतालमा भिन्न भिन्न स्वास्थ्य परीक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ।

त्यसैगरी, माछापुछ्रे बैंकका देशभर १६५ शाखामा १५ लाख भन्दा बढी ग्राहकहरु रहेका छन्। बैंकले १२ एक्सटेन्सन काउण्टर, १३० शाखा रहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, २०३ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट बैङ्किङ र एसएमएस बैङ्किङ सुबिधा प्रदान गर्दै आइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .