नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलमा २ रुपैयाँले मूल्यवृद्धि भएको हो।
त्यस्तै, डिजेल तथा मट्टितेलमा ६ रुपैयाँका दरले मूल्यवृद्धि भएको निगमले जनाएको छ।
निगमतका अनुसार पेट्रोलको मूल्य पहिलो वर्ग १८२।५, दोस्रो वर्ग १८४ र तेस्रो वर्ग १ सय ८५ लागू भएको छ।
निगमले छुट्याएको वर्ग अनुसार पहिलोमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो रहेका छन्।
त्यस्तै, दोस्रो वर्गमा सुर्खेत र दाङ पर्छन् भने तेस्रो बर्गमा काठमाडौं, पोखरा र दिपायल रहेका छन्।
1.1k
Shares
प्रतिक्रिया