साउदी अरब दमामका लागि उड्दाउड्दै प्राविधिक समस्या देखिएपछि बीचबाटै काठमाडौँ फर्काउनुपरेको हवाईजहाजका दुई प्रबन्धकलाई कारबाही गरिएको छ।
त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार मंगलबार राति १२ बजेर १४ मिनेटमा काठमाडौँबाट दमामका लागि उडेको आर ए ४१२ जहाज ‘टिकास उपकरण’मा समस्या देखिएपछि बुधबार बिहान ४ बजेर ५१ मिनेटमा पुनः काठमाडौँमै अवतरण गराइएको थियो।
सो जहाज मर्मतमा संलग्न डिउटी मेन्टेनेन्स म्यानेजर र कन्टिनुइङ एयर्थिनेस (सीए) म्यानेजरलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्काे निर्णय नहुन्जेलसम्मका लागि बिहीरबादेखि जिम्मेवारीबाट हटाएको हो।
366
Shares
प्रतिक्रिया