ad ad

कारोबार


सिप्रदी ‘इन्टरनेसनल ट्रेलब्रेजर अफ द इयर’ अवार्डबाट सम्मानित

सिप्रदी ‘इन्टरनेसनल ट्रेलब्रेजर अफ द इयर’ अवार्डबाट सम्मानित

नेपालखबर
असोज १९, २०८० शुक्रबार १५:१६, काठमाडौँ

भारतको प्रख्यात अटो मोबाइल कम्पनी टाटा मोटर्सले बार्सिलोना, स्पेनमा आयोजना गरेको ‘डिलर बिज्नेस प्लानिङ्ग मिट २०२३’ मा सिप्रदी ट्रेडिङ प्रालिलाई ‘इन्टरनेसनल ट्रेलब्रेजर अफ द इयर’ बाट सम्मानित गरेको छ।

विश्वका ५२ वटा देशका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त सम्मेलनमा, सिप्रदीको गत वर्ष नेपालमा नम्बर १ ब्रान्डको सफलतालाई सम्मान गर्दै अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ। सिप्रदीको तर्फबाट सीईओ राजनबाबु श्रेष्ठ तथा सीईओ राजेशप्रसाद गिरीले ऊक्त कार्यक्रममा सम्मान ग्रहण गरेका थिए।

पछिल्लो समय टाटा मोटर्स नेपालले ईभी तथा आईसीई दुवै क्षेत्रमा सबैभन्दा ठूलो बजार हिस्सा ओगटेको छ। साथै नेपालमा दीर्घकालिन रुपमा विद्युतीय सवारी साधनको बजार स्थापना गर्न अग्रणिय भूमिका खेल्दै आएको छ।

त्यसको फलस्वरूप अहिले टाटाका विद्युतीय गाडीहरु ग्राहकको पहिलो रोजाईमा परेको देख्न सकिन्छ। सोही कार्यको मूल्याङ्कन गर्दै सिप्रदीले बार्सिलोनामा उक्त सम्मान प्राप्त गरेको हो।

हाल टाटा मोटर्सको नेपालमा नम्बर १ ईभी, नेक्सन ईभी, टिगोर ईभी र हालै नाडा अटो शोमा सार्वजनिक भएको टियागो ईभी बिक्री वितरण भइरहेका छन्। त्यसैगरि आईस सेगमेन्टमा सफारी, एच फाइब, नेक्सन, पन्च, टिगोर, टियागो लगायतका गाडीहरु बिक्रि वितरण भइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .