प्रभु बैंकका संस्थापक सेयरधनी विनोद थकाली आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने भएका छन्।
थकालीले आफ्नो नाममा रहेको १ लाख ५२ हजार ८०५ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन्।
उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। संस्थापक सेयर खरिद गर्न चाहनेले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्ने छ।
३५ दिनभित्र संस्थापक सेयरधनीको आवेदन नपरेको खण्डमा अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने छ।
138
Shares
प्रतिक्रिया