चालु आर्थिक वर्षमा ‘ग्रिन क्लाइमेट फण्ड’मा ४५ करोड २ लाख रुपैयाँ विनियोजन भएकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै ११ करोड ५२ लाख रुपैयाँ निकासाको लागि फुकुवा भएको छ।
विदेशी अनुदानित बजेट आर्थिक वर्षको पहिलो त्रैमासबाटै फुकुवा गरिएको अर्थमन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार मुख्य गरि तीन कार्यालयको लागि रकम निकासा गर्न लागिएको हो।
संघीय जलाधार व्यवस्थापन स्रोत केन्द्र महवानपुरको लागि ३२ लाख ८८ हजार, वृहत जलाधार व्यवस्थापन केन्द्र कस्कीको लागि १९ लाख ९५ हजार र बाँकी ११ करोड ७ लाख रुपैयाँ वन तथा भूसंरक्ष्ण विभाग बबरमहलको लागि निकासा फुकुवा भएको हो।
15
Shares
प्रतिक्रिया