ad ad

कारोबार


सिटिजन्स बैंकको अध्यक्षमा प्रबलजंग पाण्डे

सिटिजन्स बैंकको अध्यक्षमा प्रबलजंग पाण्डे

नेपालखबर
असोज २६, २०८० शुक्रबार १६:५०, काठमाडौँ

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अध्यक्षमा प्रबलजंग पाण्डे चयन भएका छन्। शुक्रबार सम्पन्न १७औं वार्षिक साधारण सभापछि बसेको बैंक सञ्चालक समितिको बैठकले सञ्चालक पाण्डेलाई अध्यक्षमा चयन गरेको हो। 

पाण्डे यसअघि बैंकको सञ्चालक थिए।

उनी मर्जर तथा एक्विजिसन समितिको सदस्य भएका बेला बैंकले तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंकलाई प्राप्ति गरेको थियो।

संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गरेका अध्यक्ष पाण्डे बैंकका प्रमुख लगानीकर्तामध्येका हुन्।

इन्जिनियरिङ संकायमा स्नातक गरेका पाण्डे विगत दुई दशकभन्दा बढी समयदेखि सिमेन्ट तथा औषधी उत्पादनजन्य उद्योग तथा व्यापार व्यवसायमा सक्रिय न्। 

नेपाल उद्योग वाणिज्य महासंघ लगायत विभिन्न सामाजिक संघसंस्थाहरुमा आबद्ध भई नेतृत्वदायी भूमिका निभाएका पाण्डेको अनुभवी नेतृत्वमा बैंकले अझ बढी सफलता प्राप्त गर्ने विश्वास लिएको सञ्चालक समितिले जनाएको छ।

आजै भएको १७औं वार्षिक साधारण सभाबाट सीता कार्की, सजन शर्मा, दिग्विजय विष्ट, सञ्चालक समितिको सदस्यमा निर्वाचित भएका छन्।

बैंकमा ७ जना सञ्चालक रहेकामा सर्वसाधारणको तर्फबाट प्रकाशचन्द्र मैनाली, विजयध्वज कार्की र स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .